काठमाडौँ– पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ ।
मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेपछि विभागले आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ ।
विभागअन्तर्गतको होटल तथा पर्वतारोहण डिभिजनलेले असोज २ सम्म मौसम प्रतिकूल हुने रिपोर्ट आएको उल्लेख गर्दै आफूमार्फत विभिन्न हिमाल आरोहणमा गएकाहरूको सुरक्षित बसोबास मिलाउन एजेन्सीहरूलाई निर्देशन दिएको छ ।
‘केही दिन मौसम प्रतिकूल रहने पूर्वानुमान रहेको हुँदा पर्वतारोहण कार्य व्यवस्थापन गर्ने एजेन्सीहरूले आफूमार्फत विभिन्न हिमाल आरोहणका लागि गएका सबै व्यक्तिहरूको सुरक्षित बसोबास तथा आरोहणको व्यवस्था मिलाउन हुन अनुरोध छ’, विभागले भनेको छ, ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहण कार्य गर्नुरगराउनु हुन अनुरोध छ ।’






