‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ पुस्तक सार्वजनिक

काठमाडौँ– ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ र ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ नामक फूल फुल्ने पुस्तक विमोचन गरिएको छ।

वनस्पति विभाग ‘हर्वेरियम’ मा कार्यरत छ कर्मचारीद्वारा लिखित सो पुस्तकमा नेपालमा मात्र पाइने यी प्रजातिबारे उल्लेख गरिएको छ।

वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागका अनुसार ३७४ प्रजातिका वनस्पतिहरु नेपालबाहेक अन्य मुलुकमा पाइँदैनन्।

पुस्तकमा ६७ वनस्पति परिवारका एक हजार ४८० प्रजातिहरुको सूची पहिचान र नामकरण गरी यसका बारे व्याख्या गरिएको छ। उक्त पुस्तकले नेपालमा फ्लोरा लेखनको साथसाथ वनस्पतिक सम्पदाको उपयोग र दिगो व्यवस्थापनमा मद्दत पुग्ने बताइएको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका ४५ जिल्लाबाट उक्त वनस्पति सङ्कलन गरिएका हुन्।

‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकका लेखकमा नेपालका वरिष्ठ वनस्पति विज्ञ डा केशवराज राजभण्डारी, विभागका महानिर्देशक राई, उप महानिर्देशक मोहनदेव जोशी, राष्ट्रिय हर्वे्रियम तथा वनस्पति प्रयोगशाला गोदावरीका वरिष्ठ अनुसन्धान अधिकृत सुभाष खत्री, भट्ट र रिता क्षेत्री तथा ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ पुस्तकका लेखकमा राजभण्डारी र राई छन्।

विमोचन समारोहमा आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा भेटिएका सम्पूर्ण वनस्पति र बोट विरुवाको महत्वलाई सर्वसाधारण जनतासम्म पु¥याउन जरुरी रहेको बताए। विभागले अध्ययन, अनुसन्धान र अवलोकन गरेको जानकारी सर्वसाधारण जनताले बुझे मात्र वनस्पति संरक्षण र उत्पादनमा जोड पुग्ने मन्त्रीको भनाइ थियो।

ताजा समाचार

सम्बन्धित समाचार