त्रिपुरेश्वर सडकको दुबैतर्फ वृक्षरोपण

काठमाडौँ– त्रिपुरेश्वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म मंगलबार वृक्षरोपण गरिएको छ।

त्रिपुरेश्वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म सडकको पश्चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुबैतर्फ वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।

कपुर, पोयले र कल्की जातका गरि करिव २ सय ५० वटा विरुवाहरूको वृक्षरोपण गरिएको थियो।

उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका महानिर्देशक आभा श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठ, नेपाली सेनाको पदाधिकारी उपस्थिती रहेको थियो।

संविधान दिवस २०७६ को उपलक्ष्यमा काठमाडौँमा महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ वृक्षरोपण गरिहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार