काठमाडौँ ‘खुल्ला दिशामुक्त जिल्ला’ घोषित

काठमाडौँ– काठमाडौँ जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।

मंगलबार राजधानीमा जिल्ला खानेपानी, सरसफाइ तथा स्समन्वय समितिद्वारा आयोजित स्वच्छता समारोहमा प्रदेश सांसद नारायण सिलवालले काठमाडौँ जिल्ला खुल्ला दिशामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन् ।

घोषणा सभामा बोल्दै प्रदेश सभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नु पर्ने बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले काठमाडौँलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने मापदण्ड यस अघि नै पूरा भइसकेको पनि घोषणा गर्न ढिला भएको बताए ।

सभामा खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले काठमाडौँलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानका क्रममा अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको २७ करोड ८० लाख र सरकारको ६ करोड ६५ लाख रुपैयाँ बराबर खर्च भएको जानकारी दिए ।

‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौँको पहिचान’ नारासहित २०६५ सालदेखि काठमाडौंमा सरसफाइका कार्यक्रम शुरु भएका थिए । यस अभियानका लागि राष्ट्रिय नारा ‘स्वास्थ्य, प्रतिष्ठा र बिकासका लागि सरसफाइ’ भन्ने हो ।

खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिको प्रतिवेदन अनुसार काठमाडौँ जिल्लाका २ लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार