काठमाडौँ – लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ। यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो।





