काठमाडौँ– साउदी अरबको अब्काइक र कुरिसे तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको नेपाल सरकारले कडा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै व्यवसायिक सुविधाहरू अझै पनि यस्ता विवेकहिन गतिविधीहरूबाट अछुतो नहुनु दुर्भाग्यपूर्ण भन्दै राजनीतिक उद्देश्य प्राप्तीका लागी बल र हिंसा नेपाललाई स्वीकार्य नहुने जनाएको हो ।
शनिबार साउदी अरबका अब्काइक र कुरिस प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो । अब्काइक संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो ।





