भारतमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, २० बेपत्ता

आन्ध्र प्रदेश (भारत)– दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आइतबार भएको उक्त घटनामा २० जना बेपत्ता भएका छन्। २६ जनाको उद्धार गरिएको छ ।

उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो।

स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेको बीबीसीले जनाएको छ। नदीमा उद्धारकर्ताहरूलाई खटाइएको छ। अहिले बेपत्ता भएका मानिसहरूको खोजि कार्य जारीरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार