नवलपुरको विनयीखोलामा पुल निर्माण

नवलपरासी– पूर्व नवलपुरको विनयीखोलामा नौ करोडको लागतमा पुल निर्माण गरिएको छ। विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो।

दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने भएको छ।

विनयीखोलामा पुल बनेपछि आवताजावतसँगै पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपज दुम्किबास हुँदै आसपासका अरुणखोला, बर्दघाट, बुटवल, कावासोती, नारायणगढसम्मका बजारमा पु¥याएर बजारीकरण गर्न सहज हुने बताइएको छ।

पुल नहुँदा वर्षाको समयमा यो सडकखण्ड नै बन्द हुने गर्दथ्यो। पाँच वर्षमा पुल निर्माण सम्पन्न भएको हो। पुल १६५ मिटर लम्बाइ र ७.६० मिटर चौडाइको छ।

ताजा समाचार

सम्बन्धित समाचार