विराटचोक–घिनाहाघाट सडक शिलान्यास

मोरङ- मोरङको विराटचोक–घिनाहाघाट चार लेन विस्तारित सडकको ग्रामथान गाउँपालिकामा शिलान्यास गरिएको छ ।

प्रदेश नं. १ सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडकको मंगलबार शिलान्यास गरिएको हो ।

एक अर्ब ४० करोडको लागतमा २२ दशमलव सात किलोमिटरको सो सडकको निर्माण ठेक्का श्रेष्ठ निर्माण कम्पनी र एपेन्स रमण निर्माण सेवाले प्राप्त गरेका छन् । सो सडक विसं २०७८ असार मसान्तसम्मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

मोरङको विराटनगर महानगरपालिकाको पुष्पलालचोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिकाको नेताचोक, हरैचा हुँदै पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार