१६ भदौ, काठमाडौँ ।
भोटेकोशी बाढीले बेपत्ता भएकाहरूको खोजी जारी रहेका बेला नुवाकोटमा एउटा घरभित्र २४ वटा शव भेटिएको छ ।
बेत्रावतीको एउटा घरबाट २४ वटा शव फेला परेको प्रहरीले पुष्टि गरेको हो । विदुर नगरपालिका–१० स्थित एक मिनिमार्टमा सोमबार साँझ यो संख्यामा शव भेटिएको हो ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा प्रहरीले ड्रोन क्यामेराको समेत सहयोग लिइरहेको छ । ड्रोन क्यामेरामा एउटा शव देखिएपछि अन्य शव पनि फेला परेका नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए ।
शव फेला परेको उक्त घर स्थानीय बच्चुराम अवस्थीको भएको बताइएको छ । सो घरमा एक बालिका, ११ पुरूष र १२ महिलाको शव भेटिएको हो ।





