भोटेकोशी बाढीः साढे सात सय बढीले गुमाए ज्यान

१४ भदौ, काठमाडौँ ।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ । साढे २ हजार भन्दा बढी वेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार (१४ भदौ) दिउँसो १ बजेसम्ममा मृतकको संख्या ७ सय ५२ पुगेको छ । सो निकायका अनुसार २ हजार ५ सय २ जना सम्पर्कविहीन भएका छन् ।

नदी किनारामा ७ सय ५२ जनाको शव भेटिएको प्राधिकरणले पुष्टि गरेको छ । सबैभन्दा बढी शव चितवनमा भेटिएको छ । त्यहाँ २ सय ५९ जनाको शव भेटिएको हो ।

त्यसैगरी नवलपरासी पूर्वमा १ सय ८४ जना र नवलपरासी पश्चिममा १ सय जनाको शव भेटिएको छ । गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५० र रसुवामा १३ जनाको शव भेटिएको हो ।

अहिलेसम्मको विवरण अनुसार बाढीमा परेर सबैभन्दा धेरै जलविद्युत् आयोजनाका कर्मचारी वेपत्ता छन् । विभिन्न जलविद्युत् आयोजनाहरूका अनुसार ९ सय ३३ जना कर्मचारी/प्राविधिकहरू सम्पर्कविहीन भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार