काठमाडौँ– नेपाली काङ्ग्रेसले बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप एक सय ६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेको छ।
त्यसैगरी, नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण वृक्षरोपण गर्दै मंगलबार मुलुकभर एकसाथ प्रारम्भ गरिएको हो।
अभियानको उद्घाटनमा सम्बोधन गर्न काङ्ग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन्।





