फ्रान्स– फ्रान्समा बढेको तापक्रमका कारण २ महिनाको अवधिमामात्र झण्डै १५ सय जनाको मृत्यु भएको छ।
गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा यो मृत्युदर १० गुणा कम रहेको बताइएको छ। गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो। थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।





