सुन्दर यातायातको विद्युतीय बस सोमबारबाट सञ्चालन हुने

काठमाडौँ– निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

सोमबारबाट विद्युतीय बस सञ्चालन हुने जनाइएको छ।

सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा विद्युतीय बस भित्र्याउँदै छ। तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौँ आइपुग्ने कम्पनीले जनाएको छ। यो वर्षभित्रै २५ वटा बस काठमाडौँमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ। प्रति बसको मूल्य एक करोड ६२ लाख रहेको छ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन्। यी बसहरू काठमाडौँको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने बताइएको छ।

यसअघि सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो।

त्यस्तै सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ। प्राधिकरणले पहिलो चरणमा ३० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ। सोही तयारीका लागि मन्त्री पुनलाई बुझाएको कार्यदलको प्रतिवेदन प्राधिकरणमा छ।

ताजा समाचार

सम्बन्धित समाचार