समुद्री आँधीका कारण दक्षिण कोरियामा दुई जनाको मृत्यु, १० घाइते

दक्षिण कोरिया– दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका छन्।

उक्त आँधी बिस्तारै उत्तर कोरियातर्फ सरेको जनाइएको छ।

दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका घरहरुमा क्षति पुर्‍याएपछि उच्च सतर्कता अपनाइएको छ भने देशमा आपतकाल घोषणा गरिएको छ।

भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति पुर्‍याएको छ भने यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ। आँधीले बालीनाली नष्ट गर्न सक्ने र हजारौं नागरिक खाद्यान्नको अभाव झेल्न बाध्य हुने आंकलन गरिएको छ।

आँधी प्रभावित हुन सक्ने शहरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। सोही समुद्री आँधीले दक्षिण कोरियाका १ सय ५० उडानहरु रद्द भएका कारण हजारौं यात्रु अलपत्र परेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार