रामेछाप– अविरल वर्षाका कारण लिखु नदीमा आएको बाढीले रामेछापमा झोलुङ्गे पुल बगाएको छ।
उमाकुण्ड गाउँपालिका– ७ भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ जोड्ने झोलुङ्गे पुल बिहीबार राति बगाएको हो।
खोलाले पुल बगाएपछि ओहोरदोहोर गर्ने मानिसहरू मारमा परेका छन्। पुल बगाएपछि मानिसहरू लिखु नदी तर्न पुल बगाएको स्थानबाट झण्डै २ घण्टाको पैदल हिँडेर बिमिरे पुलसम्म पुग्नु पर्ने बाध्यता रहेको बताइएको छ।





