डोरियन आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो

बहमास– बहमासमा आएको डोरियन नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।

अमेरिकातर्फ तीव्र गतिमा अघि बढिरहेको आँधीबाट बहामासमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बहामासका स्वास्थ्यमन्त्री डुआन स्याण्ड्सले जनाएका हुन्। आँधीका करण हजारौं मानिसहरू वेपत्ता भएका छन्।

आँधीले गत सेप्टेम्बर १ मा उत्तरी बहामासको अबाकोस तथा ग्राण्ड बहामा टापुमा दुई दिनसम्म भीषण वर्षा गराएको थियो।

डोरियन आँधीबाट बहामासको जनजीवन अस्तव्यस्त भएको छ भने पूर्वी अमेरिकाका सयौं उडान रद्द गरिएका छन्। बहामासका प्रधानमन्त्री हुबर्ट मिन्निसले आँधीलाई इतिहासकै सबैभन्दा ठूलो विपद्को संज्ञा दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार