संरक्षित क्षेत्रको नाङ्गा डाँडामा संरचना बनाउनु जायज : मन्त्री बस्नेत

काठमाडौँ – शिवपुरी राष्ट्रिय निकुञ्जमा केबलकार सञ्चालनको तयारीको सर्वत्र आलोचना भइरहेको बेलामा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संरक्षित क्षेत्रको नाङ्गा डाँडामा संरचना बनाउनु जायज भएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमामा समय लिएर बोल्दै मन्त्री बस्नेतले नांगा पहाडमा सेवा सञ्चालन गर्न दिने कि नदिने भन्ने कुरा त्यति गम्भीर प्रश्न नभएको बताउँदै त्यस्ता क्षेत्रमा संरचना बनाउन दिनु जायज भएको दाबी गरे।

लाङटाङ तथा सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पनि विभिन्न संरचना बनको बताउँदै उनले भने, ‘से फोक्सुन्डो रारा र खप्तडमा एक दिन गएर बस्न सक्ने अवस्था छैन । जुन सुविधा सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जले उपभोग गरेको छ, त्यो मकालु बरुण, खप्तड र राराले पाउने कि नपाउने ?’

जैविक विविधताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउँदै उनले नेपालमा अन्तर्रा्ष्ट्रिय मापदण्ड भन्दा बढी संरक्षण क्षेत्रको भूभाग रहेको बताए। जैविक विविधता संरक्षणमा मात्र नलागि पर्या पर्यटनमा पनि जोड दिनुपर्ने उनको धारणा छ।
केन्या, नाामिबिया, क्यानडामा संरक्षण क्षेत्रलाई पर्यापर्यटनसँग जोडिएको उदाहरण दिँदै उनले सबैभन्दा धेरै संरक्षण क्षेत्र भएपनि नजरअन्दाज गरिरहेको जनाए।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको बेलामा संरक्षण क्षेत्रमा पर्यटन विकासको विकल्प नभएको उनी बताउँछन्।

यसअघि नेपाल वातावरण पत्रकार समूह तथा सरोकारवाला निकायले सरकारले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा स्थायी संरचना बनाउन सक्ने गरी कार्यविधि तयार गरेको भन्दै विरोध जनाएका थिए।
याे पनि पढ्नुहाेस्
‘खबरदार! संरक्षित क्षेत्रको व्यापारीकरण नगरियोस्(भिडियो)
संसदमा गगन थापा : साहु पोस्न संरक्षित क्षेत्रमा संविधान विपरित कार्यविधि

ताजा समाचार

सम्बन्धित समाचार