प्रभावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

पाल्पा– प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ पाल्पामा प्रभावकारी बन्दै गएको छ।

तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि पाल्पा कृषकहरू उत्साहित बनेका छन् ।

चार वटै स्थानमा सञ्चालनमा आएको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ।

प्रारम्भमा रामपुरको हेक्लाङ्ग क्षेत्रमा करीब ४९४ रोपनीमा यो कार्यक्रममा शुरु गरिएको र यस कार्यक्रमबाट ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार