असोजको दोस्रो साताभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी

काठमाडौँ– सरकारले असोजको दोस्रो साताभित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी गृहकार्य अगाडि बढाएको छ।

असोजको दोस्रो हप्ताभित्र नेपाललाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी आन्तरिक तयारी गरिएको हो।

प्रदेश ३ अन्तर्गत जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति डिभिजन ५ ले सोमबार काठमाडौंँमा गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाललाई असोजको दोस्रो साताभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी काम भइरहेको जानकारी गराएको हो।

मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन्। सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन्।

सबभन्दा बढी प्रदेश नंं २ का स्थानीय तह खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन्। प्रदेश नं २ मा ४३ स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको छ। बारामा १४, पर्सामा चार, धनुषा १६, महोत्तरी आठ र सर्लाहीमा एक स्थानीय तह रहेका छन्।

यस्तै सिन्धुपाञ्चोकमा ११, काठमाडौँमा एक, कपिलवस्तु पाँच, भोजपुर दुई र सोलुखुम्बु एक स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार