डोरिअन समुद्री आँधीका कारण सात जनाको मृत्यु

बहमास– डोरिअन समुद्री आँधीका कारण सात जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेट जाँदा उक्त आँधी उत्तरी बहमासस्थित एबाकोको एल्बोकी भन्ने स्थानमा पुगेको थियो।

आँधीको वेग र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा गरेको छ। फ्लोरिडास्थित पूर्वी तटका वासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको बीबीसीले जनाएको छ।

उक्त चक्रवाती समुद्री आँधी प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा अमेरिकातिर आइरहेको मौसम तथा भूगोलविदहरुले जनाएका छन्। डोरिअन समुद्री आँधी उत्तर उत्तरपश्चिमी फ्लोरिडा तटमा जर्जिया र क्यारोलिनास तिर सार्न क्रम जारी रहेको बताइएको छ।

मौसम तथा भूगोलविदहरुले आँधीबाट जोगिनका लागि सरकारले उचित कदम चाल्न सुझाव दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार