लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ।
क्यालिफोर्नियाको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको बताइएको छ। स्थानीय समयानुसार सोमबार बिहान ३:३० बजे दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। डुङ्गामा ३९ व्यक्ति सवार रहेको जनाइएको छ।
बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।





