भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी प्रहरीलाई बुझाएका छन् । सडक किनारा र खेतमा दौडदै गरेको दुर्लभ वन्यजन्तु सालक स्थानीयवासीले फेला पारेपछि त्यसको उद्धार गरी सिरुटार प्रहरी प्रभागलाई बुझाएको स्थानीय सुनिल राउतले जानकारी दिए।
प्रहरीले उक्त सालक स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा वन कार्यालयका कर्मचारीलाई बुझाएको छ। वनका कर्मचारी र प्रहरीले सालकलाई जङ्गलमा लगेर छाडेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए।





