Tuesday, September 24, 2024

वातावरण जोगाउन १६ वर्षीया किशोरी थनवर्गको विश्वव्यापी अभियान

काठमाडौँ – यतिबेला १६ वर्षीया वातावरणकर्मी ग्रेटा थनवर्गको संसारभरी नै चर्चा छ। सानो उमेरमा नै जलवायु परिवर्तनको बारेमा गहन अध्ययन गरेकी ग्रेटा यतिबेला संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन न्यूयोर्क पुगेकी छन्।

संसारभरका नेताहरू १६ वर्षीया यी किशोरीको आवाज सुनिरहेका छन्।थनवर्ग गत हप्ता शून्य कार्बन उत्सर्जन गर्ने डुंगाको प्रयोग गरेर १४ दिनमा बेलायतबाट न्यूयोर्क पुगेकी हुन्। सानो आकारको डुंगाबाट उनी आन्ध्र महासागर पार गरेर उनी अमेरिकी पुगेकी थिइन, उनको साथमा उनको बुबा र अन्य दुई सहयोगी थिए।

स्वीडेनको एक विद्यालयमा अध्ययरत ग्रेटाले कार्बन उत्र्सजन कम गरौ भन्ने सन्देश विश्वभर प्रवाह गर्नका लागि सो यात्रा गरेकी हुन् । ग्रेटाले १५ दिन अगाडी सो यात्रा शुरु गरेकी थिइन् । विशेषगरी उनले अघिल्लो वर्षदेखि अन्तराष्ट्रिय समुदायको ध्यान खिचेकी थिइन् । विशेषत जलवायु परिवर्तनको असर कम गर्नका लागि राजनीतिक तहबाट कुनै पनि सक्रिय पहल नभएको भन्दै उनले हरेक शुक्रबार विद्यालयमा हड्ताल गर्ने अभियान शुरु गरेकी थिइन् ।

उनले स्कुलमा हड्ताल गर्ने अभियान शुरु गरेपछि संसारमा अन्य देशमा समेत सो अभियान चलेको थियो । उनकै नेतृत्वमो स्वीडेनको संसद भवन अगाडी वृहत प्रदर्शन समेत भएको थियो । त्यसपछि जापान, जर्मनी, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकमा पनि सोही खालको प्रर्दशन भएको थियो। उनले अमेरिकामा जलवायु परिवर्तनको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तनको विषयमा गम्भीर हुन सन्देश दिएकी छन्। ‘उहाँलाई मेरो सन्देश भनेको खाली विज्ञानलाई सुन्नुस भन्ने हो तर उहाँ निश्चय नै त्यो गरिरहनु भएको छैन,’ अन्तराष्ट्रिय संचारमाध्यमसँगको कुराकानीमा उनले भनेकी छन्। उनले जलवायु परिवर्तनका गम्भीर बिषयहरुमा ट्रम्पलाई कसैले पनि कन्भिन्स गर्न नसकेको गुनासो समेत गरिन्।

संयुक्त राष्ट्रसंघको वैठकमा मात्र होइन्, आगामी डिसेम्बर महिनामा चिलिमा आयोजना हुने कोप २५ को वैठकमा समेत सहभागी हुने उनको कार्यक्रम गरेको छ । हवाई माध्यमले कार्बनको अत्याधिक उत्र्सजन गर्ने भएकाले डुंगा र अन्य माध्यमबाट यात्रा गर्ने उनको लक्ष्य रहेको । यही शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी उनको पहलमा नै व्यापक प्रर्दशन भएको थियो । विशेषगरी जलवायु परिवर्तनको असरहरु कम गर्नका लागि तत्काल कदम चाल्न आग्रह गदै गरिएको सो प्रर्दशनमा ग्रेटालाई अन्य हजारौले साथ दिएका थिए ।

यसले अन्य किशोर÷किशोरीबीच पनि जलवायु परिवर्तनको विषयमा जागरण ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । सो प्रर्दशनमा सहभागी धेरै अमेरिकी किशोर र किशोरीले उनीहरु पहिलोपटक यस्तो प्रर्दशनमा सहभागी भएको बताएका थिए । प्रर्दशनको विचमा नै थनवर्ग र अन्य केही उनका साथीहरुलाई संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुले वार्ताका लागि बोलाएका थिए ।उनीहरुले विशेषगरी संसारका राजनीतिज्ञ र पुरानो पुस्तालाई जलवायु परिवर्तनको असर कम गर्नका लागि तत्काल केही कदम चाल्नको लागि आग्रह गरेका थिए । उनीहरुले विज्ञानको सवालमा सबै एक हुनुपर्ने र तत्काल कदम थाल अथवा हामी अगाडी बढ्छौ भन्ने नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

उनीहरुले जलवायु परिवर्तन होइन, प्रणालीमा परिवर्तन ल्याउनुपर्ने माग गरेका थिए । सो प्रर्दशनमा सहभागी धेरैले थनवर्गले एक वर्ष अगाडी विद्यालयमा चलाएको अभियानबाट आफूहरु निकै प्रेरित भएको वताएका थिए ।  स्वीडेनमा उनले जलवायु परिवर्तनको बारेमा ध्यानाकर्षण गर्न विद्यालयमा नै प्रर्दशनको आवश्यकता रहेको बताएकी थिइन् । उनले विशेषतरी अमेरिका, वेलायत लगायतका ठूला मुलुकको गलत नीतिका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै आलोचना गरेकी छन् । उनले गर्तवर्ष पोल्यान्डमा भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा निकै शशक्त अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार