पत्रपत्रिकामा आजः प्रदेश २ ले रूख काट्न नदिने, मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा प्रदेश २ ले रूख काट्न नदिने भन्ने शीर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ ।

-गाईगोरु डाँडो कटाउन खोज्दा… भन्ने शीर्षकमा कलेन्द्र सेजुवालको समाचार छापिएको छ। नेपालगन्ज उपमहानगरपालिकाले करिब एक महिनाअघि सर्वपक्षीय बैठक गरी संरक्षण गर्ने उद्देश्यले कुनै व्यक्ति वा संस्थाले माग गरे कान्जी हाउसमा रहेका गाईगोरु निस्शुल्क दिने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले नै बिहीबार निर्णयको मर्मविपरीत गाईगोरुलाई डाँडो कटाउन खोज्दा समस्या देखिएको छ ।

-मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै भन्ने शीर्षकमा ऋषिराम पौड्यालको समाचार छापिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो ।

-वाग्मतीमा जलयात्रा भन्ने शीर्षकमा सीमा तामाङको समाचार छापिएको छ। कुपन्डोलस्थित वाग्मती पुलमुनिबाट कीर्तिपुरको सुन्दरीघाटसम्म शनिबार जलयात्रा गरिएको छ । वाग्मतीमा पनि जलयात्रा गर्न सकिन्छ भनेर देखाउनका लागि जलयात्रा आयोजना गरिएको हो । वाग्मती सभ्यता महोत्सवको रूपमा आयोजना भएको यो जलयात्रा ११ औँ पटक हो ।

नागरिक
-आजको नागरिकमा किसानको साढे ६४ करोड अलपत्र भन्ने शीर्षकमा रेखा भुसालको समाचार छापिएको छ। स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन्।

राजधानी
-आजको राजधानीमा मुआब्जा माग्दै कोसी ब्यारेजमा १५ औं दिन पनि अनसन जारी भन्ने शीर्षकमा एम के माझीको समाचार छापिएको छ। कोसी पीडितका समस्याबारेमा नेपाल तथा भारत दुवै देशका सञ्चारकर्मीले महत्तवका साथ कलम चलाउने प्रतिवद्घता व्यक्त गरेका छन्। विगत १५ दिने सुनसरी र सप्तरीको सिमावर्ती स्थल कोसी ब्यारेज कन्ट्रोल रुम नजिकै अनसनमा बसेका कोसी पीडितको अवस्था बुझन शनिबार त्यहाँ पुगेका दुवै देशका संचारकर्मीहरुले यस्तो प्रतिवद्घता व्यक्त गरेका हुन्।

-६० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भन्ने शीर्षकमा ओपेन्द्र बस्नेतको समाचार छापिएको छ। तुलसीपुर उपमहानगरपालिकाले ६० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी सुरु गरेको छ। स्थानीय शान्ता घर्ती हिजोआज खुसी छिन्। किनकि घरअगाडि वर्षांैदेखि कच्ची रहेको सडक अहिले पक्की भएको छ । ‘वर्षा लागेपछि हिलो र खाल्डाखुल्डी हुँदा हिँड्न गाह्रो हुन्थ्यो,’ घर्तीले हाँस्दै भने, ‘ हिउँद लाग्यो भने धुलो उडेर घर छपक्कै ढाक्थ्यो अहिले त बाटो चिल्लो छ।’ पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँगाउँसम्म मोटरबाटो पु¥याउने, सडक कालोपत्रे गर्ने, नाला निर्माण, ग्राबेल, कटिङलगायतका भौतिक पूर्वाधार विकासको ढोका नै खुलेजस्तो भएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार