काठमाडौँ– रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्रा र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-६ रामहिटी चारघरेबाट ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।





