यस्तो छ आगामी तीनको मौसम पूर्वानुमान

काठमाडौँ– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिण तर्फ रहेको र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको हो।

त्यस्तै शुक्रबार र शनिबारपनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार