विद्युतीय बसका लागि देशभर दुई सयभन्दा बढी चार्जिङ स्टेशन निर्माण गरिँदै

काठमाडौँ– विद्युतिय सवारीलाई प्रवर्द्धन गर्ने सरकारी नीति अनुसार देशभर दुई सयवटा चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

बढ्दो प्रदूषणलाई कम गर्न विद्युतिय बसलाई प्रवर्द्धन गर्नुपर्ने भनी सर्वत्र आवाज उठिरहेको समयमा सरकारले सो प्रक्रिया अगाडि बढाएको हो। उर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका अनुसार चार्जिङ स्टेसन निर्माण सम्वन्धी निर्देशिका तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ।

निर्देशिकाले अन्तिम रुपमा पाए लगत्तै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी सरकारी अधिकारीहरुले दिएका छन्। निर्देशिका तयार पार्ने जिम्मा पाएको कार्यदलले कुन– कुन ठाउँमा स्थापना गर्ने भन्ने सम्वन्धमा सरोकारवाल पक्षहसँग समेत परामर्श गरेको छ। ति स्टेसनहरू निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणले लिने छ।

सरकारले मात्र होइन्, विद्युतिय बस विक्री गर्ने कम्पनीहरुलाई समेत सो स्टेसन निर्माणको अनुमति दिइनेछ। विशेषत पोखरा, नेपालगन्ज, चितवन र विराटनगर शहरलाई बढी केन्द्रित गरिने छ।

केही महिना अगाडी मात्रै सरकारले तीन सय भन्दा बढी विद्युतिय बस खरिद गर्ने निर्णय गरेको थियो। यस महिना अगाडि उपत्यकाका विभिन्न १० स्थानमा यस्ता स्टेसन निर्माण गर्ने भनी नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेपनि निर्माणको प्रक्रिया भने खासै अगाडि बढेको छैन। सरकारको नीति तथा कार्यक्रम तथा वजेटमा विद्युतिय सवारीलाई प्रोत्साहन गर्ने उल्लेख गरिए पनि कार्यान्वयन भने एकदमै फितलो देखिएको छ।

यति मात्र होइन्, विद्युतिय सवारीलाई रुट लिने प्रक्रियामा पनि विभिन्न समस्याहरू पर्ने गरेको सरोकारवालाले बताएका छन्। अहिले पनि काठमाडौँ उपत्यकामा पर्याप्त चार्जिङ स्टेसनको अभाव हुँदा विद्युतिय बसले समस्या भोगिरहेका छन्। अन्य देशहरूले बढ्दो प्रदुषणलाई कम गर्नको लागि विद्युतिय वसमा ठूलो मात्रामा लगानी गरेपनि हाम्रो सन्दर्भमा भने भने खासै प्रगती भएको छैन।

बजेट भाषणमा सरकारले यातायात क्षेत्रमा नविकरणीय उर्जाको प्रयोग गरी शहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ।

काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय सरकार र नीजि क्षेत्र समेतको सहभागितामा विद्युतिय बस ल्याउने उल्लेख गरिएको छ। विद्युतिय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसनहरू निर्माण गदै लैजाने उल्लेख गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार