आगो नियन्त्रणमा जि ७ राष्ट्रले सहयोग गर्ने प्रस्ताव ब्राजिलद्वारा अस्वीकार

ब्राजिल- ब्राजिलले अमेजन जंगलमा लागेको आगो नियन्त्रण गर्न जि ७ राष्ट्रले सहयोग गर्ने प्रस्ताव अस्वीकार गर्ने भएको छ।

फ्रान्समा जारी जि ७ सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इम्यान्युल माक्रोनले अमेजनमा लागेको आगो नियन्त्रण गर्न २२ मिलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए।

ब्राजिलका अधिकारीहरूले पैसा फिर्ता गर्ने कुनै कारण भने खुलाएका छैनन्। तर राष्ट्रपति ज्यायर बोलसनोरोले फ्रान्सलाई ब्राजिललाई बस्तीको जस्तो व्यवहार गरेको आरोप लगाएको बीबीसीले जनाएको छ।

ब्राजिलका रक्षा मन्त्री फर्नेन्डो जेभेडो इ सिल्भाले अमेजनमा लाग्ने आगो नियन्त्रणको बाहिर नरहेको बताएका छन्। आगो नियन्त्रणको लागि ४४ हजार सेना अमेजनमा पठाइएको उनको भनाइ छ।

करिब तीन हप्तादेखि अमेजनमा आगलागी हुँदै हजारौं रेक्टर जंगल नष्ट हुनुका साथै सयौं जनावरको मृत्यु भएको छ। झण्डै ३० लाखभन्दा बढी बनस्पति र जनावरका प्रजाती पाइने सो जंगलका २५ सय भन्दा बढी स्थानहरूमा आगलागी भइरहेको छ। यस क्षेत्रमा एक लाखभन्दा बढी आदीवासीहरूको समेत बसोबास रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार