Friday, October 18, 2024

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिण तर्फ सरेकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ।

हाल देशको मध्य तथा पश्चिमका केही स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई १–२ स्थानमा हल्का वर्षा भएको छ भने अन्य स्थानहरूमा सामान्यतया सफा देखि आंशिक बदलीको अवस्था रहेको छ।

आगामी तीन दिनको (मंगलबार, बुधबार र बिहिबार) देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार