काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट डेढ केजी यार्सागुम्बासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका-७ घर भई हाल काठमाडौँ मित्रनगर बस्ने २७ वर्षीय शेखर विसी र ४३ वर्षीय कमल विसी रहेको प्रहरी प्रधान कार्यलयले जनाकारी दिएको छ।
महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।





