काठमाडौँ– काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छालासहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहमारू बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडा कपडा पसल गरी बस्ने म्याग्दी त्रिवेणी नगरपालिका-२ घर भएका ३४ वर्षीय उपेन्द्र मल्ल र बाग्लुङ गलकोट नगरपालिका- ९ घर भएका ३१ वर्षीय केशव राज गौतम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त कपडा पसल जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको थियो।
त्यस्तै जाजरकोटबाट पनि रेडपाण्डाको छाला २ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका-५ थल बजार बस्ने ५८ वर्षीय राम बहादुर घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





