सुडान- अविरल वर्षापछि आएको बाढीका कारण सुडानमा ६२ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।
जुलाई महिनाको शुरुवातदेखि परेको भारी वर्षाका कारण राजधानी खार्तोमलगायत देशभरका १५ राज्यमा करिब २ लाख मानिस प्रभावित भएका छन्। दक्षिण सुडानको सेतो नील राज्य सबैभन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसभन्दा अघि यूएनले ३७ हजार भन्दा बढी घरहरू विनाश/क्षतिग्रस्त भएको तंथ्याक सार्वजनिक गरेको थियो। अक्टबरसम्म निरन्तर वर्षा भइरहने अनुमान गरिएको छ।





