प्लाष्टिकमुक्त भारत बनाउने मोदीको घोषणा

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्लाष्टिकमुक्त अभियान शुरु गर्ने घोषणा गरेका छन्।

हरेक महिना हुने ‘मनकी बात’ नामक कार्यक्रममा बोल्दै मोदीले प्लाष्टिकको प्रयोग विरुद्ध ठूलो अभियानको शुरुवात गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

महात्मा गान्धीको १५० औँ जन्सोत्सवको उपलक्ष्यमा सो अभियान सार्वजनिक गर्ने जानकारी समेत उनले दिएका छन्। उनले सरकारी निकाय, निजी क्षेत्र र विभिन्न गैरसरकारी संस्थालाई अहिले जम्मा भएको प्लाष्टिकको उचित व्यवस्थापनको कार्यायोजना ल्याउन समेत निर्देशन दिएका छन्। उनले प्रदूषण र फोहर मुख्य वातावरणीय चुनौती भएको भन्दै त्यसलाई सम्बोधन गर्न सबै एक हुनुपर्ने समेत बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार