काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर संकलन स्किम शुरु गरिने भएको छ।
आइतवार देखि नमुना वडाको रुपमा १२, १८ र २१ वडामा हाउस होल्ड फोहोर संकलन प्रणाली लागु हुने काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ।
काठमाडौँमा उत्सर्जन हुने फोहोरमैला जथाभावि सडकमा फालिने गरिएकाले सो रोक्नको लागि साथै आगामी दिनमा दोहेरिन नदिन उक्त स्किम सञ्चालन गर्न लागिएको जनाइएको छ।
आइतवार, मंगलवार, विहिवार र शनिवार कुहिने फोहोर संकलन हुनेछ भने सोमवार र बुधवार नकुहिने फोहोर संकलन हुनेछ।
प्रत्येक महानगरवासिहरुको घर घरवाट फोहोर संकलन गरिने छ। गाडी प्रवेस गर्न नसक्ने गल्लिको फोहोर हुसिल बजाएको स्थान सम्म ल्याइदिने काम सम्वन्धित व्यक्तिको हुने विभागले जनाएको छ।
हाउस होल्ड फोहोर संकलन प्रणाली सविस्तार ३२ वटै वडामा लागु हुने विभागको भनाइ छ।





