२० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजनको आगलागीले विश्वभर चिन्ता बढ्यो

काठमाडौँ – ब्राजिलको अमेजन जंगलको भीषण आगलागीले विश्वको ध्यान खिचेको छ। झण्डै ३० लाखभन्दा बढी बनस्पति र जनावरका प्रजाती पाइने सो जंगलका २५ सय भन्दा बढी स्थानहरूमा आगलागी भइरहेको छ। यस क्षेत्रमा एक लाखभन्दा बढी आदीवासीहरूको समेत बसोबास रहेको छ।

अमेजनलाई विश्वको अक्सिजन र जैविक विविधताको स्रोतको रुपमा लिइन्छ। त्यसैले यो आगलागीलाई विश्वकै एक संकटको रुपमा ब्याख्या गरिएको छ । विश्व वन्यजन्तु कोषका अनुसार अमेजन वनले विश्वको २० प्रतिशत अक्सिजन उत्पादन गर्ने गर्दछ र त्यसैले यसलाई ‘पृथ्वीको फोक्सो’ समेत भन्ने सकिन्छ।
विशेषतः सुख्खा, हावाहुरी र तापक्रम वृद्धिका कारण यहाँ आगलागी हुने गर्दछ। वातावरणविदका अनुसार यसलाई समयमा नै सम्वोधन नगर्ने हो भने यसले अक्सिजनको साटो कार्वडाइअक्साइडको उत्पादन गर्छ जसले जलवायु परिवर्तनमा गम्भीर असर गर्नेछ।

आगामी महिनासम्म सो क्षेत्रमा सुख्यायाम नै रहने कारणले गर्दा आगलागी नियन्त्रण कार्य अझै कठिन हुने सरकारी अधिकारीहरूको भनाई रहेको छ । आगलागी भएको यो पहिलोपटक भने होइन् तर अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष इतिहासकै सबैभन्दा बढी क्षति भएका कारण यसले विश्वको नै ध्यान खिचेको छ।

गत वर्षको तुलनामा आगलागीमा ८५ प्रतिशतले वृद्धि भएको विभिन्न भुउपग्रहबाट खिचिएका तस्वीहरूले देखाएका छन्। विशेषतः हरेक वर्ष जुलाईदेखि अक्टोबर महिनासम्म अमेजनमा आगलागी हुने गर्दछ तर यस पटक भने निकै वृद्धि भएको छ। विशेषगरी ब्राजिलको उत्तरी भाग आगलागीबाट बढी प्रभावित भएको छ। यो ब्राजिलको सबैभन्दा ठूलो राज्य हो, जहाँ यतिवेला सरकारले संकटकालको घोषणा गरेको छ। भीषण धुवाँका कारण त्यस वरपरको आकाशलाई नै कालो बनाइदिएको छ।

खेतबारीमा कृषिजन्य सामाग्रीहरू जलाउने कार्यले गर्दा आगलागी भइरहेको र यसको नियन्त्रण निकै कठिन भएको सरकारी अधिकारीहरूको भनाइ छ। आगलागीको लागि धेरैले राष्ट्रपतिलाई दोषी देखाएका छन्। विशेषत उनले निर्वाचनको समयमा अर्थतन्त्रलाई माथि उकास्नको लागि अमेजनलाई विभिन्न ढंगले प्रयोग गर्ने वाचा गरेका थिए।

उनकै नीतिका अनुसार वनमा विभिन्न क्रियाकलाप गर्न दिएका कारण संकट बढेको भनि उनको आलोचना भइरहेको छ। विश्वभर नै आलोचना भएपछि ब्राजिलका राष्ट्रपतिले कृषकहरूका कारण आगालागीको घट्ना बढेको तर यो मामिलामा हस्तक्षेप नगर्न अन्तराष्ट्रिय समुदायलाई चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिवले पनि सो आगलागीप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

तर, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले ब्राजिलको आगलागी अन्तर्राष्ट्रिय संकटको विषय भनी टिप्पणी गरेका छन्। ‘वास्तवमा हाम्रो घर जलिरहेको छ। यो पृथ्वीको फोक्सो हो जसले २० प्रतिशत अक्सिजन उत्पादन गर्छ जुन यतिबेला भीषण आगलागीको चपेटामा रहेको छ त्यसैले यो अन्तराष्टिय संकट हो र जि–७ को बैठकमा यस बारेमा छलफल हुनुपर्छ,’उनले ट्वीट मार्फत भनेका छन्। तर ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले यो मुद्दालाई ‘राजनीतिक फाइदा’ को लागि म्याक्रोनले प्रयोग गरेको आरोप लगाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार