बारपाकमा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा– गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् ।

गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको जनाइएको छ।

स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु-याएको छ ।

पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको छ। त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको छन्।

गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको थियो। त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार