नवलपरासी- पूर्व-पश्चिम राजमार्ग मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ।
अरुणखोला नदीमा पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै सडक पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो।
लगातारको वर्षाले अरुणखोलाको नदीको सतह बढेपछि अरुणखोलामा सम्भावित जोखिमलाई ध्यानमा राखेर डाइभर्सनबाट सवारी वारपार गराउन प्रहरीले ३६ घण्टा रोकेको थियो।
डाइभर्सन मर्मतको काम अहिले भइरहेको जनाइएको छ।
मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेको थियो।





