पत्रपत्रिकामा आजः ब्युँताइयो सरकारी निर्माण कम्पनी, हट्दै कर्णालीमा तुइनको कहर

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा ब्युँताइयो सरकारी निर्माण कम्पनी भन्ने शीर्षकमा बलराम बानियाँको समाचार छापिएको छ। ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रूपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरूले आफ्नो स्वार्थअनुरूप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर ‘कमिसन’ खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।

-पोखरीमा पार्किङकै पक्षमा प्रशासन भन्ने शीर्षकमा समाचा। छापिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वोच्च अदालत र तत्कालीन नगर पञ्चायतले गरेको निर्णय बेवास्ता गर्दै अर्को विवादास्पद निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको नेतृत्वमा सोमबार बसेको बैठकले विवादित विषय पुल्चोक नःटोलस्थित पले स्वाँ पूखु ९कमलपोखरी० मा पार्किङ सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

नागरिक
-आजको नागरिकमा हट्दै कर्णालीमा तुइनको कहर भन्ने शीर्षकमा गणेश विशुको समाचार छापिएको छ। ‘कर्णालीको कहर तुइन’ विस्थापित गर्न कर्णाली प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ। जोखिमपूर्ण यात्रा हुँदा बर्सेनि सर्वसाधारणको अकालमै ज्यान जान थालेपछि सरकारले तुइनमुक्त अभियान थालेको हो।

-मनसुनमा पनि कम वर्षा भन्ने शीर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। धेरैतिर यो मनसुनमा भीषण वर्षा हुँदा जनधनको क्षति भयो। तर नेपालमै बढी पानी पर्ने ठाउँ पोखरामा भने यो मनसुनमा निकै नै कम पानी परेको छ। प्रि–मनसुनको समयमा समेत दिनहुँ र औसत पानी परेको पोखरामा मनसुनमा भने निकै नै कम वर्षा भएको छ। यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार मनसुन ९जुन–सेप्टेम्बर० मा पोखरामा औसत पानी परेको छैन।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ललितपुर महानगर र स्थानीय बासिन्दाबीच अझै भएन सहमति भन्ने शीर्षकमा विजय कार्कीको समाचार छापिएको छ। ललितपुर महानगरपालिका कार्यालयको दक्षिणतर्फको सार्वजनिक जग्गामा पार्किङ बनाउने कि पोखरी भन्ने विषयमा देखिएको विवाद अझै साम्य भएको छैन । नःटोलका बासिन्दा र महानगरबीच देखिएको एक महिनादेखिको विवाद समाधान गर्न सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा बैठक भए पनि सहमति हुन सकेन ।

-फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढी-पहिरोबाट तेस्रोपटक क्षति भन्ने शीर्षकमा पुष्प कोइराला र अनु आचार्यको समाचार छापिएको आउँदो फागुनदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी निर्माण द्रुत गतिमा बढेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटकको बाढी–पहिरोबाट क्षति पुगेको छ । असार ५ गते पहिरोबाट खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको हो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम ९बाँध० र राजमार्गको पुल बगाएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार