काठमाडौँ– मनसुनको न्यून चापिय रेखा नेपालको पूर्वी भूभागमा औसत स्थान भन्दा उत्तर तर्फ रहको र बाकी भूभागमा औसत स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको र पूर्वी तराई आंशिक बदलीको अवस्था छ।
शुक्रबार दिउँसो देशका पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशभरी सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
शनिबार दिउँसो देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
आइतबार दिउँसो देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका अधिकांस स्थानहरूमा सामान्यतया बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेको बताइएको छ।
देशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदी आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





