काठमाडौँ– मनसुनको न्यून चापिय रेखाऔसत स्थानमा रहेको र उत्तर तिर सर्ने क्रममा रहेकाले नेपालको पूर्वी र मध्य भूभाग नजिक एउटा न्युन चापिय प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको मध्य तथा पुर्वी तराई भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।
आगामी तीन बुधबार विहिबार शुक्रबार देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाका देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेको बताइएको छ।
देशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सडक यातायातमा पहिरोरभूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्क रहन महाशाखाको आग्रह छ।





