बाढीपहिरोमा परि पाकिस्तानमा १८ जनाको मृत्यु, २२ घाइते

पाकिस्तान– पाकिस्तानको उत्तरपश्चिम भागमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि १८ जनाको मृत्यु भएको छ।

बाढीपहिरो र वर्षासँग सम्बन्धित दुर्घटनाबाट २२ भन्दा बढी घाइते भएका छन्।

चित्राल जिल्लामा चिनियाँ इञ्जिनियरहरू काम गरिरहेको लोवारी टनेल बाढीले डुबाएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। यद्यपि इञ्जिनियरहरूलाई सुरक्षित ठाउँमा सारिएको छ।

क्षतिको पूर्ण विवरण भने आउँन बाँकी रहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार