खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न आग्रह गरेको छ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि सो आग्रह गरिएको हो।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेलेसमयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने जानकारी दिए।

आइतबारअपरान्हसम्मको तथ्यांक अनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६ सय ८ लाभग्राही मध्ये ६ लाख २ हजार ४ सय ४३ ले घर निर्माण शुरू गरेर दोस्रो किस्ता लिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार