आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तर्फ रहेकाले कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने सम्भावना रहेको छ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहि थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भूभागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिन (सोमबार मंगलबार र बुधबार) देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरूमा र पूर्वीका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको बताइएको छ।

देशको पश्चिमी पहाडी भूभाग तथा पुर्वी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले चुरे बाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्क रहन महाशाखाको आग्रह छ।

ताजा समाचार

सम्बन्धित समाचार