सहायक वन अधिकृत घुस रकमसहित पक्राउ

डोटी– डोटीको बिपीनगरमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

उनलाई तीन लाख २६ हजार नगदसहित आयोगको टोलीले पक्राउ गरेको हो।

काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको जनाइएको छ।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन्।

यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन्।

ताजा समाचार

सम्बन्धित समाचार