चितवनमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि  ८० लाख बजेट विनियोजन गरिसकेको छ।

विभागका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौँ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ।

सोहीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौँ संशोधन मन्त्रिपरिषद्मा छ । केन्द्र स्थापना भएसँगै त्यहाँबाट तोकिएका बीउप्राणी खरीद गरेर लैजान, अध्ययन, अनुसन्धान गर्न सहज हुने विभागले जनाएको छ।

ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहनेले सरकारले तोकेको राजश्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकिन्छ भन्ने नमूनासमेत देखाइने उहाँको भनाइ छ । ऐनको अनुसूची १ मा नभएका मृग प्रजाति, चरा, सर्प, बदेल, बाँदरजस्ता जनावर पाल्न सकिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र बनाउने तयारी गरिएको बताए। सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र बनिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार