विराटनगर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सप्तकोशी उच्च बाँध परियोजनाको प्रदेश सरकारसँग जवाफ माग गरेको छ।
प्रदेश १ को प्रदेशसभा बैठकमा आइतबार विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सप्तकोशी उच्च बाँध परियोजनाको यथार्थ जानकारी गराउन प्रदेश सरकारसँग माग गरेका हुन्।
भारतले कोशी उच्च बाँधको निर्माणको लागि भनेर ७ सय करोड रुपैयाँ विस्तृत अध्ययनका लागि बजेट छुटाएको थियो। बाँध निर्माण भएको खण्डमा यसबाट आसपासका क्षेत्रमा ठुलो नोक्सानी हुन सक्ने तर्फ सरकारको ध्यानकर्षणसमेत गराए।





