काठमाडौँ– मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।
मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म रहेको महाशाखाले जनाएको छ।
हाल देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षा भईरहेको छ।
आइतबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
सोमबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरूमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्वी पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाका देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
देशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने महाशाखाले जनाएको छ। साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्क रहन महाशाखाको आग्रह छ।





