चरीबाघको छाला जस्तो देखिने वस्तुसहित एक पक्राउ

दार्चुला– दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट चरीबाघको छाला जस्तो देखिने वस्तु १ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

दुहुँ गाउँपालिका– २ बस्ने २९ वर्षीय दिपक वडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ।

प्रहरी चौकी ब्रहमदेव दार्चुलाबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार