सामुदायिक वन दिवसका अवसरमा पोखरामा वृहत् वृक्षरोपण

पोखरा– चौथो राष्ट्रिय सामुदायिक वन दिवसको उपलक्ष्यमा आज शनिबार पोखरा महानगरपालिका–२७ स्थित पन्थकोडाँडा सामुदायिक वनमा वृहत् वृक्षरोपण गरिएको छ।

“सामुदायिक वनमा नवीनतम सोच–उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने नारासहित सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की एवं डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा चाँप, लप्सी, तेजपात, रुद्राक्ष, निमारोलगायतका ३५० बिरुवा रोपिएको थियो ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाँपको बिरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै वनलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता बताए। सामुदायिक वनका उपभोक्ताले वनको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र अब उत्पादनसँग जोड्नु पर्नेमा उनले जोड दिए ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले मुलुकमा सामुदायिक वनको विकल्प नभएको बताउँदै वन समूहमा सुशासन र पारदर्शीता आवश्यकता रहेको उल्लेख गरे।

ताजा समाचार

सम्बन्धित समाचार